विद्यालय परिसर तथा आसपासका क्षेत्रमा फलफूल, छायाँ र वातावरणीय महत्वका विभिन्न प्रजातिका बिरुवा रोपिएको कार्यक्रममा स्थानीय समुदायको समेत उल्लेखनीय सहभागिता रहेको थियो। क्लबका अनुसार वृक्षारोपणलाई औपचारिक कार्यक्रममा सीमित नराखी रोपिएका बिरुवालाई हुर्काउने र संरक्षण गर्ने दीर्घकालीन योजनासहित अभियान सञ्चालन गरिएको हो।
कार्यक्रममा मोरङका समानुपातिक सांसद प्रेमलाल चौधरी, लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सीका जोन चेयरपर्सन लायन जगदीश सिंह सन्तोष, क्लबका चार्टर प्रेसिडेन्ट लायन कोशराज खनाल, सचिव लायन निशा पोखरेलसहित पदाधिकारी, सदस्य तथा बुढीगंगा–३ का स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै क्लबका सेकेन्ड भाइस प्रेसिडेन्ट लायन प्रबिण दाहालले वृक्षारोपणको सफलता बिरुवा रोप्नुमा मात्र सीमित नहुने बताए। “बिरुवा रोपेर दायित्व पूरा हुँदैन, त्यसलाई संरक्षण गर्दै हुर्काउनु नै हाम्रो वास्तविक जिम्मेवारी हो,” उनले भने, “क्लबले स्थानीय समुदायसँग समन्वय गरेर आज रोपिएका सबै बिरुवाको संरक्षण र नियमित हेरचाहलाई निरन्तरता दिनेछ।”
क्लबले वातावरण संरक्षणलाई सामाजिक उत्तरदायित्वको प्रमुख क्षेत्रका रूपमा अघि बढाउँदै आगामी दिनमा पनि वृक्षारोपण, संरक्षण तथा समुदायमा वातावरणीय सचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। ‘Let's Serve & Rise’ भन्ने मूल नारालाई व्यवहारमा उतार्दै समाजसेवा र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता पनि क्लबले दोहोर्याएको छ।
View : 89
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved