Biratnagar, Morang, Nepal
सामाजिक सेवा

रक्तदान जीवन दान

तेली कल्याण समाज नेपाल, सुन्दरहरैचा नगर समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न

-
अखवारका कुरा
१७ जेठ २०८२, शनिवार

Advertisement

 

सुन्दरहरैचा, मोरङ – तेली कल्याण समाज नेपाल, सुन्दरहरैचा नगर समितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम विहान ८ बजे सुन्दरहरैचा नगरपालिका–१ स्थित वडा कार्यालयको हलमा सुरु भई दिउँसो १२:३० बजे समापन भएको हो। कार्यक्रममा कुल ३० पिन्ट रगत संकलन गरिएको थियो, जुन रक्त अभावमा रहेका विरामीहरूको जीवन रक्षाका लागि अत्यन्तै महत्वपूर्ण योगदान हो।

कार्यक्रमको सभाध्यक्षता तेली कल्याण समाज नेपाल, सुन्दरहरैचा नगर समितिका अध्यक्ष राम कुमार साहले गर्नुभयो। कार्यक्रममा मोरङ जिल्ला सह–सचिव सन्तोष साह, सदस्य गणेश कुमार, सल्लाहकार बिन्देश्वर साह, तथा वडा नं. १ का वडासदस्य भगवान साहको विशेष उपस्थिति रहेको थियो।

समाजसेवाको भावनाले ओतप्रोत यस रक्तदान कार्यक्रममा सहभागिताद्वारा सामुदायिक एकताको सुन्दर उदाहरण प्रस्तुत गरिएको छ। रक्तदाताहरूको योगदानप्रति आयोजक संस्थाले आभार प्रकट गरेको छ।

View : 387

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved