नेपाल प्रिमियर लिग
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि १५० खेलाडी अक्सन प्रक्रियामा समावेश गरिएका छन्।
क्यानका प्रवक्ता छुम्बी लामाद्वारा सार्वजनिक गरिएको विज्ञप्तिअनुसार, आगामी साउन २४ गतेका लागि तय गरिएको अक्सनका लागि ४५८ खेलाडीमध्येबाट प्राविधिक समितिले छनोट प्रक्रिया पूरा गर्दै १५० जनालाई अन्तिम सूचीमा राखिएको हो।
क्यानले अक्सनका लागि तयार पारिएको सूची प्राविधिक मूल्याङ्कन, प्रदर्शनको निरन्तरता, अनुभव र टिम आवश्यकतालाई ध्यानमा राख्दै तयार गरिएको जनाएको छ।
एनपीएल सिजन २ मा सहभागी टिमहरूले अक्सनमार्फत खेलाडी चयन गर्नेछन्। यस अक्सनले नेपाली क्रिकेटमा नयाँ प्रतिभालाई अगाडि ल्याउने विश्वास गरिएको छ।
नेपाल प्रिमियर लिगको दोस्रो संस्करण आगामी केही समयमै सुरु हुने तयारीमा छ। पहिलो सिजनको सफलता पश्चात दोस्रो सिजनलाई अझ व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने क्यानको योजना रहेको छ।
View : 295
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved