बेसिक लाइफ सपोर्ट तालिम
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको एनेस्थेसियोलोजी विभाग र लियो जिल्ला परिषद ३२५ सी को सयुक्त आयोजनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका ३५ जना ट्राफिक प्रहरीलाई "बेसिक लाइफ सपोर्ट" तालिम प्रदान गरिएको छ।
नोबेलका एनेस्थेसियोलोजी विभाग प्रमुख डा. बन्दना पौडेलको नेतृत्वमा डा. रुपक भट्टराई, डा. सञ्जय गौतम, डा. रोशन कार्की र डा. नीराद्वारा तालिम सञ्चालन भएको हो । सहभागीहरूलाई प्रस्तुति र म्यानिकिनमा मार्फत डेमो दिएको थियो।
यस बर्ष लियो जिल्ला परिषदले आफ्ना कार्यहरुमा सचेतनामुलक तथा लाइफ सपोर्ट सम्बन्धि कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढेको र नोबेल अस्पतालको सहयोग निरन्तर रहेको अध्यक्ष शिव शंकर मण्डलले बताए ।
View : 640
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved