Biratnagar, Morang, Nepal
सामाजिक सेवा

इन्द्रपुर जेसीजको नारी सम्मान

इन्द्रपुर जेसीजको नारी सम्मान कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसर पारेर आयोजना गरिएको सम्मान कार्यक्रममा आप्रवासी महिला कामदार सेवा मोरङकी अध्यक्ष उमा सेढाईलाई सम्मान गरिएको थियो ।
-
अखवारका कुरा
२५ फागुन २०८१, आइतवार

Advertisement

इन्द्रपुर जेसीज र इन्द्रपुर जुनियर जेसीजको संयुक्त आयोजनामा  "नारी सम्मान" कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसर पारेर आयोजना गरिएको सम्मान कार्यक्रममा आप्रवासी महिला कामदार सेवा मोरङकी अध्यक्ष उमा सेढाईलाई सम्मान गरिएको थियो ।


उहाँको महिला सशक्तिकरणमा उल्लेखनीय योगदान, विशेषगरी आप्रवासी महिला कामदारहरूको हकहितका लागि गरेको अनवरत प्रयास अत्यन्तै प्रेरणादायी रहेको तथा  समाज र महिलाहरूको हितमा उहाँले पुऱ्याउनु भएको योगदानको उच्च  रहेको महसुस गर्दै  इन्द्रपुर जेसीज परिवारको तर्फबाट सम्मान गरिएको हो ।

यदि परिवार समाज र राष्ट्रमा समृद्धि ल्याउनुछ भने नारी सशक्तीकरणमा ध्यान दिनु पर्ने इन्द्रपुर जेसीजका अध्यक्ष आकाश दुलालले बताउनुभयो । इन्द्रपुर जेसीज सदैव नारीहरुको क्षमता विकास तथा नेतृत्व विकासमा अघि बढी रहेको र यस किसिमका सम्मान कार्यक्रमले अन्य महिलालाई समेत उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा इन्द्रपुर जेसीज ,  जुनियर जेसीज र  शुभेच्छुकहरूको सहभागिता रहेको थियो । 

View : 335

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved