कोशी प्राइड लिग
विराटनगर – ‘कोशीको शान, हाम्रो पहिचान’ भन्ने नाराका साथ कोशी प्राइड लिग (KPL) सिजन ३ आगामी चैत ८ (मार्च २१) देखि सुनसरीमा सुरु हुने भएको छ। चैत २१ सम्म चल्ने यस प्रतियोगिताले नेपाली घरेलु क्रिकेटमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ।
यस पटकको लिगमा राष्ट्रिय टोलीका हस्तीहरू कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, गुलशन झा, र कुशल मल्लसहित १५ भन्दा बढी स्टार खेलाडीहरूले मैदान उत्रिने निश्चित भएको छ। त्यस्तै, अनिल शाह, भीम शार्की, सन्दीप जोरा र ललित राजवंशी जस्ता नामहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाउनेछन्।
युवा र अनुभवी खेलाडीहरूको कौशल प्रदर्शन हुने यो लिग स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने मुख्य प्लेटफर्म बन्दै गएको छ। सुनसरीमा हुने यो क्रिकेट उत्सवमा दर्शकहरूको उत्साहजनक सहभागिता रहने आयोजकको विश्वास छ।
View : 238
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved