काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरुले कार्यतालिका नभइ महाधिवेशन नै माग गरेको बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित एक भेलापछि विज्ञप्ति जारी गर्दै उनीहरुले नियमित महाधिवेशनको तालिकामा प्रस्तुत भए पनि विशेष महाधिवेशनको माग निष्क्रिय नहुने स्पष्ट पारेका हुन् ।
‘हामीले केवल महाधिवेशनको कार्यतालिका मागेका होइनौं । हामीले महाधिवेशन मागेका नै हौं । हामीले चुनावअघिको शक्ति–व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौं‚’ विज्ञप्तिमा भनिएको छ ।
वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने भएमा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ। अन्यथा, पार्टी विधानले दिएको वैधानिक अधिकार विशेष महाधिवेशन कसैले पनि रोक्न वा अतिक्रमण गर्न पाउँदैन‚’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले सुदृढ, एकताबद्ध र जनअपेक्षित नेपाली कांग्रेस निर्माणका लागि विधानले तोकेको समयसीमा अर्थात् पुस २८ भित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न हुनैपर्ने जनाएका छन् ।
View : 205
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved