Biratnagar, Morang, Nepal
अर्थ

तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

-
अखवारका कुरा
२४ असोज २०८२, शुक्रवार

Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार रेर्कडब्रेक गर्दै हाल सम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज (शुक्रबार) प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ ।

बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर रुपमा बढीरहेको छ ।
आज चाँदीको मूल्यभने बढेको छ । बिहीबार तीन हजार २५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य आज तीन हजार ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

View : 84

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved