Biratnagar, Morang, Nepal
देश

विराटनगरका अस्पतालमा घाइते भेट्दै गृहमन्त्री सुदन गुरुङ

-
अखवारका कुरा
१४ साउन २०८३, बिहिवार

Advertisement

 

विराटनगर। गृहमन्त्री सुदन गुरुङ विराटनगर आइपुगेका छन्। सुनसरीको देवानगञ्ज घटनामा घाइते भई विराटनगरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उनी अस्पताल पुगेका हुन्।

गृहमन्त्री गुरुङले उपचाररत घाइतेहरूसँग भेटघाट गर्दै चिकित्सकहरूसँग उपचारको अवस्थाबारे जानकारी लिएका छन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत दिएका छन्।

त्यसपछि गृहमन्त्री गुरुङले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाको समग्र अवस्थाबारे सुरक्षा अधिकारी र स्थानीय प्रशासनसँग जानकारी लिने कार्यक्रम रहेको छ।

View : 50

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved