Biratnagar, Morang, Nepal
+977-9708590006
सामाजिक सेवा

लायन्स ग्रीन सिटि र मोरङको ३१ दिने जनावर संरक्षण तथा स्याहार अभियान बिराटनगरमा सुरु

२३ मंसिर २०८१, आइतवार

Advertisement

 बिराटनगर : 
जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने महान उदेश्य राखेर  लायन्स/लियो क्लब अफ विराटनगर ग्रीन सिटी र  लायन्स /लियो क्लब अफ विराटनगर मोरङको संयुक्त आयोजनामा बाटो मा अलपत्र रूपमा रहेका कुकुर तथा सडकमा रहेका जनावरलाई खाना खुवाउने   तथा स्यहारको कार्य संयुक्त रुपमा सुरु गरेका छन । 

 आजदेखि ३१ दिनसम्म यो अभियान निरन्तर रहने लायन्स क्लब अफ बिराटनगर ग्रीन सिटिका अध्यक्ष भबेश पौडेलले जानकारी दिए । उनका अनुसार  पशु पंक्षिहरुको बाच्न पाउने अधिकारको रक्षा गर्दै सडकमा रहेका  अबोध प्राणीहरूलाई मानव जातिले नै संरक्षण गर्नुपर्छ र जनावरलाइ माया गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यो अभियान चालिएको हो । 

आफ्नो आफ्नो क्षेत्रमा रहेका अव्यवस्थित भएका कुकुरहरू वा अन्य  कुनै पनि पशुपन्छीहरुलाई आआफ्नो तर्फबाट केही न केही सहयोग गर्दै  ऊनीहरुलाइ माया र स्याहार सुसार  गरेर जति सकिन्छ सेवा गरौँ  भन्ने भाव मानव मस्तिष्कमा उजागर गर्नका लागि अभियानका रुपमा यो कार्यक्रम थालिएको लायन्स क्लब अफ बिराटनगर मोरङका अध्यक्ष सुदर्शन ढुङ्गानाले जानकारी दिए । 

 

३१ दिन सम्म चल्ने अभियानमा बिराटनगरका सबै  क्षेत्रलाई समेटेर अघि बढ्ने र सरोकार बाला निकायलाई घच्घच्याउने कार्य समेत गर्ने दुवै क्लबले जानकारी दिएका छन । 

 

सेवा सुरु गरेको पहिलो दिन बिराटनगर  ५ मा रहेको पत्रकार महासंघ प्रदेश कार्यालय देखि कन्चनवारी चौक,  ठुलो मिल चौक , बन बिभाग , बरगाछी लगायतका  क्षेत्रमा भएका ६० भन्दा बढी  कुकुरहरुलाई खानेकुरा तथा स्यहार सुसारको सेवा दिएको लायन्स क्लब अफ बिराटनगर ग्रीन सिटि का सचिव चन्द्र बुढाथोकीले जानकारी दिए ।

View : 114

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved