विराटनगर जुनियर जेसीजले आफ्नो ३० औं स्थापना दिवस भव्य रूपमा मनाउँदै नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष तथा हालै अन्तर्राष्ट्रिय जेसीज (JCI) की उपाध्यक्षमा निर्वाचित सिनेटर रजनी थापालाई विशेष सम्मान प्रदान गरेको छ। नेपाल जेसीजलाई विश्वमञ्चमा चिनाउने, अन्तर्राष्ट्रिय सक्रियता बढाउने र नेतृत्वको दशकयताकै खडेरी तोड्न थापाले खेलेको भूमिकाको कदर गर्दै संस्थाले उहाँलाई सम्मानित गरेको हो।
सोही अवसरमा विराटनगर जेसीजका पूर्व अध्यक्ष शिव नारायण प्रधान र टिकाराज ढकाललाई ३० वर्षअघि जुनियर जेसीज स्थापना गर्न गरेको योगदानका लागि सम्मान गरियो। संस्थाको जग बसाल्न, संरचना विस्तार गर्न र युवालाई नेतृत्वमा उन्मुख गराउन उनीहरूको योगदानलाई कार्यक्रमले विशेष रूपमा स्मरण गर्यो।
यस्तै, संस्थापक अध्यक्ष सन्देश दास श्रेष्ठ र पूर्व अध्यक्ष सन्दिप दास श्रेष्ठलाई पनि ३० वर्षदेखि संस्थालाई परिवारका सदस्यझैं माया गर्दै निरन्तर मार्गदर्शन दिएको सम्मानमा सम्मान पत्र प्रदान गरिएको थियो।
स्थापना दिवसमा संस्थाको ३० वर्षे यात्रा र योगदान बारे संक्षिप्त प्रस्तुति समेत गरिएको थियो। कार्यक्रममा विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहाल , विराटनगर जेसीज तथा जुनियर जेसीजका पूर्व अध्यक्ष, राष्ट्रिय पदाधिकारी, स्थानीय युवा तथा विभिन्न शाखाका जुनियर अध्यक्ष र प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सम्मान कार्यक्रम पश्चात् जुनियर जेसीजका युवाहरु मनोरञ्जनात्मक कार्यक्रममा उत्साहका साथ सहभागी भएका थिए ।
कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सहयोगी हातहरुलाई अध्यक्ष आयुशा खतिवडाले आभार ब्यक्त गरेकी थिइन ।
View : 433
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved