लायन्सको सेवा
विराटनगर - लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी अनतर्गत विराटनगरमा डायबेटिज केयर सेन्टर स्थापना गरिएको छ। विराटनगरमा स्थापना गरिएको उक्त केन्द्रको उद्घाटन कार्यक्रम एक समारोहबीच सम्पन्न भएको हो।
कार्यक्रममा एलसीआईएफ एरिया लिडर तथा आइडी इन्डोर्सी राजन लम्सालले केन्द्रको औपचारिक उद्घाटन गर्दै लायन्सले विश्वभर स्वास्थ्य, शिक्षा र मानवीय सेवामा निरन्तर काम गर्दै आएको बताए।
उनले भने, “लायन्स इन्टरनेसनल केवल सेवा संस्था मात्र होइन, यो मानवीय संवेदनालाई व्यवहारमा उतार्ने अभियान हो। मधुमेहजस्तो दीर्घ रोगसँग लड्न यस्ता केन्द्रहरू अत्यन्त आवश्यक छन्, जसले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याउँछ।”
लायन्स इन्टरनेसनल फाउन्डेसन (LCIF) को परियोजनाअन्तर्गत स्थापना गरिएको यस केन्द्रले अब मधुमेह रोगसम्बन्धी परीक्षण, परामर्श तथा व्यवस्थापन सेवा प्रदान गर्नेछ।
उक्त सेन्टर सम्पुर्ण तयारी पूरा गरेर पुर्ण रुपमा संचालनमा आउने ग्रान्ट एडमिनिस्ट्रेटर विकास अधिकारीले जानकारी दिए।
कार्यक्रममा लायन्सका पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन राजन खत्री, पूर्व डिस्ट्रिक्ट गभर्नरहरू धीरज गुरुङ, लिला ढुंगेल, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर रमेश खत्री तथा डिस्ट्रिक्ट गभर्नरका प्रमुख सल्लाहकार उदय नारायण बराललगायतको उपस्थिति रहेको थियो।
लायन्स क्लब विराटनगर मोरङ र लायन्स क्लब विराटनगर फ्युजनको सक्रिय पहल तथा लायन्स अन्तर्राष्ट्रियको सहयोगमा स्थापना गरिएको यस केन्द्रले मधुमेहका बिरामीलाई स्थानीयस्तरमै गुणस्तरीय सेवा उपलब्ध गराउने विश्वास लिइएको छ।
स्वास्थ्य सेवा पहुँच विस्तार गर्ने लक्ष्यसहित स्थापना गरिएको यस डायबेटिज केयर सेन्टरले विशेषगरी मधुमेह रोगको समयमै पहिचान, उपचार तथा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
त्यस्तै आइडी इन्डोर्सी राजन लम्सालले लायन्सले नै संचालन गरेको अर्को महत्त्वपूर्ण परियोजना मोरङ सहकारी अस्पतालमा सञ्चालनमा रहेको लायन्स डायलासिस सेन्टरको समेत निरीक्षण गरेका थिए।
View : 138
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved