काठमाडौं । नेकपा एमालेकी सांसद यशोदा कुमारी यादवले ९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर साइबर बुलिङ भएको भन्दै सदनको ध्यानाकर्षण गराएकी छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामान्य हाँसोलाई लिएर महिला सांसदहरूलाई सभामुखसँग जोडेर सामाजिक सञ्जालमा भिडियो,फोटोहरु अपलोड गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै आपत्ति जनाइन् ।
उनले भनिन्, ‘अहिले ९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर साइबर बुलिङ भइरहेको छ। एउटा सामान्य हाँसोसँग जोडेर यस्तो गर्दा संसद नै लज्जित भएको छ। समाज कहाँ जाँदै छ ? यस्तो साइबर बुलिङका विषयमा सदनको ध्यानाकर्षण गराउन चाहन्छु।’
View : 25
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved