Biratnagar, Morang, Nepal
राजनीति

कांग्रेस विराटनगर-४ को वडा सभापतिमा अर्जुन चुडाल निर्विरोध

-
अखवारका कुरा
७ असोज २०८३, बुधवार

Advertisement

 

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–४ को वडा अधिवेशनबाट अर्जुन चुडाल वडा सभापतिमा निर्विरोध चयन भएका छन्। चुडालको नेतृत्वमा नयाँ वडा कार्यसमिति चयन हुनुका साथै ६० जना क्षेत्रीय प्रतिनिधिसमेत निर्विरोध निर्वाचित भएका छन्।

अधिवेशनबाट उपसभापतिमा दिलिप चौधरी, महिला उपसभापतिमा सुष्मा कुमारी चौधरी, सचिवमा सुभाष भण्डारी र सहसचिवमा कपिल देव गिरी चयन भएका छन्।

त्यस्तै वडा कार्यसमिति सदस्यमा श्याम नारायण यादव, दिपक गोसाई, लील बहादुर भण्डारी, रामदेव राजवंशी, तेतरी राजवंशी, गया प्रसाद मण्डल, गणेश बहादुर मगर, मातृका कोइराला, हरि उराँव, हरि बहादुर विष्ट र सुधिर कुमार दुलाल चयन भएका छन्।

वडा अधिवेशनमा सभापतिसहित पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधिका आकांक्षीहरूबीच सहमति जुटेपछि निर्वाचन गर्नुपर्ने अवस्था आएन। विराटनगर–४ बाट ६० जना क्षेत्रीय प्रतिनिधि पनि निर्विरोध चयन भएका हुन्।

नवनिर्वाचित वडा सभापति अर्जुन चुडालले पार्टीभित्रको एकता, सहकार्य र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। उनले अग्रजको अनुभव र युवाको ऊर्जालाई समेट्दै वडा तहमा कांग्रेसको संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने बताए।

चुडालले आफूलाई वडा सभापतिको जिम्मेवारी प्रदान गरेकोमा क्रियाशील सदस्य, अग्रज नेता तथा सम्पूर्ण कार्यकर्ताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सबैको साथ, सहयोग र सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

View : 49

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved