Biratnagar, Morang, Nepal
+977-9708590006
स्वास्थ

दृष्टिदोषका बारेमा गरिएको सर्बेक्षण सार्वजनिक

-
अखवारका कुरा
५ असोज २०८१, शनिवार

Advertisement

विराटनगर । दृष्टिदोष सम्वन्धी गरिएको  सर्वेक्षण सार्वजनिक गरिएको छ  । नेपाल नेत्र ज्योति संघ कोशी प्रदेशको अगुवाईमा विराटनगर आँखा अस्पताल, मेची आँखा अस्पताल र रामप्रसाद पोखरेलको संयुक्त टोलीले ५० वर्षभन्दा माथिका व्यक्तिहरुलाई लक्षित गरी गरेको दृष्टिदोष सम्वन्धी सर्वेक्षणको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार एक समारोह बीच सार्वजनिकीकरण गर्नु भएको छ ।

 कोशी प्रदेशमा एक लाख नौ हजार ९४ जना व्यक्तिमा कुनै नै कुनै प्रकारको दृष्टिदोषको रहेको छ ।

सर्वेक्षणले दिएको प्रतिवेदन अनुसार कोशी प्रदेशमा मध्ये ६ हजार दुई सय २४ जनामा दृष्टिविहिनताको अवस्था रहेको छ । त्यस्तै गम्भीर दृष्टिदोषको अवस्थामा रहेकाको संख्या ९ हजार एक सय ६३ जना ९१.२ प्रतिशत, मध्यम दृष्टिदोषको अवस्थामा रहेकाको संख्या ३८ हजार एक सय २१जना ९५.१ प्रतिशत०तथा प्रारम्भिक दृष्टिदोषको समस्यामा रहेकाको संख्या ५५ हजार पाँच सय ८६ जना ९७.५ प्रतिशत छ । प्रदेशभरमा कूल दृष्टिदोष भएका मध्ये पुरुष ४८ हजार एक सय ८० जना र महिला ६० हजार ९ सय १४ छ ।

कोशी प्रदेशमा देखिएको दृष्टिबिहिनताको प्रमुख कारणहरुमा मोतियाबिन्दु भएका ६० प्रतिशतले उपचार नगरेको कारण देखिएको छ । त्यस्तै दृष्टिदोष भएका मध्ये ७५ प्रतिशतलाई दृष्टिबिहिनताको अवस्थाबाट बचाउन सकिने दावी गरिएको छ ।

मोतियाबिन्दुका कारण ३,२३८व्यक्तिहरूमा दृष्टिबिहिनता देखिएकोछ । मोतियाबिन्दु शल्यत्रियागरे पश्चात ८१.४ प्रतिशतमा आँखामा राम्रो दृश्यको परिणाम प्राप्त भएको विराटनगर आँखा अस्पतालका अनुसन्धान अधिकारी राजिवरञ्जन कर्णले बताउनुभयो ।

नेपाल नेत्रज्योती संघ कोशीका अध्यक्ष श्यामसुन्दर उदासले दृष्टिदोष र दृष्टिबिहिनत अझै कोशी प्रदेशमा प्रमुख जनस्वास्थ्य समस्याको रूपमा पाइएको बताउनुभयो । मोतियाबिन्दुको शल्यक्रिया सेवाहरू लिन अझै पनि विभिन्न अवरोधहरु रहेको छ ।

जसमा उपचारको महशुस नहुनु, खर्चको अभाव र शल्यक्रियाको डर, अस्पतालसम्म पुग्ने समस्याहरु प्रमुख छन् । यसका लागि आँखाको शल्यचिकित्सा सेवाको पहुँच विस्तार तथा गुणस्तरमा थप सुधारको आवश्यकता रहेको छ ।

कोशी प्रदेशमा सम्पन्न गरिएको र्‍याब ९अन्धोपन निवारणका लागि द्रुत सर्वेक्षणले निकालेको तथ्याङले आधारमा मोतियाविन्दु दृष्टिदोषको प्रमुख कारण देखिएको छ । यो सर्वेक्षण सन् २०१९ मा गरी बुधबार सार्वजनिक गरिएको हो ।

र्‍याब सर्वेक्षण २०१९ को मुख्य उद्देश्य कोशी प्रदेशमा विद्यमान दृष्टिबिहिनाताको अवस्था तथा यसका कारणहरु, आँखा सेवाको प्रवाहको अवस्था, आँखा स्वास्थ्य सेवाको प्रभावकारिता बारे अनुसन्धान गर्नुरहेको रहेको छ ।

सो सर्वेक्षणको नमूनाको रुपमा ४ हजार १ सय २१ जनाबाट सूचना संकलन गरिएको गरी संकलित तथ्यांकको विश्लेषणबाट प्राप्त नतिजाको आधारमा कोशी प्रदेशको सम्पूर्ण जनसंख्या तथा त्यसको उमेर अनुसारको वितरण सँग मिल्नेगरी स्तरिकृत गरी प्रदेशका सम्पूर्ण जिल्लाहरु तथा स्थानीय तहहरुमा रहेको दृष्टिबिहिनताको अवस्था तथा अनुमानित संख्या निकालेको छ ।

कार्यक्रममा विराटनगर आँखा अस्पतालका अध्यक्ष पद्मनारायण चौधरी, अस्पताल व्यवस्थापक कुमार पृथू, नेत्र ज्योति संघका अध्यक्ष डा चेतराज पन्त, सुधीरकुमार ठाकुर लगायतले दृष्टिदोषको वर्तमान अवस्था, आँखा उपचारमा देखिएको समस्या र निराकरणका उपाय, व्यवस्थित आँखा स्वास्थ्य प्रणाली द्धारा यो समस्याको सिम्बोधन गर्ने कार्य बारेमा विचार राखेका थिए ।

 

View : 152

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved