Biratnagar, Morang, Nepal
देश

राइड शेयरिङ

इनड्राइभको ललितपुरमा आधिकारिक कार्यालय शुभारम्भ

-
अखवारका कुरा
२३ जेठ २०८२, शुक्रवार

Advertisement

ललितपुर – विश्वव्यापी रूपमा चर्चित राइड सेयरिङ कम्पनी इनड्राइभले ललितपुरमा आफ्नो आधिकारिक कार्यालयको उद्घाटन गर्दै नेपालमा आफ्नो सेवा विस्तारको यात्रामा नयाँ अध्याय थपेको छ। शुक्रबार आयोजित एक विशेष समारोहमार्फत उक्त कार्यालयको औपचारिक उद्घाटन गरिएको हो।

नयाँ कार्यालय स्थापनासँगै इनड्राइभले नेपाली बजारमा अझ व्यवस्थित, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। चालकहरूका लागि नियमित प्रशिक्षण सत्र सञ्चालन गरिने र व्यवसायिक क्षमता अभिवृद्धिमा ध्यान केन्द्रित गरिने इनड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले जानकारी दिइन्।

“यस कार्यालयमार्फत हामी चालक साझेदारहरूको सशक्तिकरण गर्दै उनीहरूलाई आवश्यक ज्ञान र सीप प्रदान गर्न चाहन्छौं,” पोखरेलले भनिन्। “नेपाल हाम्रो लागि रणनीतिक रूपमा महत्वपूर्ण बजार हो। नेपाली यात्रुहरूलाई गुणस्तरीय, सुरक्षित र सहज सेवा दिन हामी दृढ छौं।”

एपीएसी क्षेत्रका इनड्राइभ क्षेत्रीय निर्देशक मार्क टोलीले पनि कार्यालय उद्घाटनप्रति उत्साह व्यक्त गर्दै भने, “हाम्रो चालक साझेदारहरूका लागि समर्पित कार्यालय खोल्न पाउँदा हामी गर्वित छौं। यसले हाम्रो सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेछ।”

इनड्राइभले कार्यालयमार्फत ग्राहक सेवा, चालक सहायता, तालिम कार्यक्रम, र सुरक्षासम्बन्धी उपायहरूमा थप बल दिने जनाएको छ। यात्रु सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले नेपाली बजारमा दीर्घकालीन उपस्थितिको संकेत पनि दिएको छ।

View : 72

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved