Biratnagar, Morang, Nepal
राजनीति

कांग्रेसले जनविश्वास पुनः मजबुत बनाउन सक्छ :कोइराला

-
अखवारका कुरा
१ वैशाख २०८३, मङ्गलवार

Advertisement


काठमाडौं ।डा. शेखर कोइराला ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादका बीच एकताबद्ध भएर अघि बढ्न सके पार्टीले पुनः जनविश्वास मजबुत बनाउन सक्ने बताएका छन् ।
नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले पार्टीका मूल्य, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै एकता कायम गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे ।
‘एकताबद्ध भएर अघि बढ्न सके कांग्रेसले पुनः जनविश्वासलाई अझ मजबुत बनाउन सक्छ, राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यको मार्ग पनि यही हो,’ उनले भने ।
कोइरालाले लोकतन्त्र स्थापनाका लागि कांग्रेसले गरेको लामो संघर्ष, त्याग र बलिदानको स्मरण गर्दै आज पनि पार्टी राष्ट्रिय राजनीतिको महत्वपूर्ण शक्तिका रूपमा रहेको धारणा व्यक्त गरे ।
उनले बदलिँदो समयअनुसार पार्टीले आफूलाई रूपान्तरण गर्दै नयाँ पुस्तालाई समेट्नुपर्ने आवश्यकता औंल्याए।
साथै जनताले परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्व चाहेको उल्लेख गर्दै काम गर्ने, देखिने र अनुभूति हुने सरकारको खाँचो झनै बढेको बताए ।

View : 18

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved