विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विराटनगर महानगर कार्यसमितिका सभापति कृष्णबहादुर कार्की सक्रिय रूपमा प्रस्तुत भएका छन्। महाधिवेशनको क्रममा देशभरका महानगर सभापतिहरूसँग कार्कीको भेटघाट र संवादले विराटनगर कांग्रेसको महानगर नेतृत्वलाई राष्ट्रिय संगठनात्मक गतिविधिसँग जोडेको छ।
महानगर सभापतिहरूबीचको भेटमा पार्टी संगठनलाई स्थानीय तहसम्म थप प्रभावकारी बनाउने, महानगरमा कांग्रेसको संगठन विस्तार तथा सुदृढीकरण गर्ने र आपसी समन्वय बढाउने विषयमा छलफल भएको छ।
विराटनगरको नेतृत्व सम्हालेपछि कार्कीले महानगरभित्रको संगठनात्मक गतिविधिलाई प्राथमिकता दिँदै आएका छन्। महाधिवेशनका क्रममा अन्य महानगरका सभापतिहरूसँग प्रत्यक्ष संवाद गर्दै उनले विराटनगरको संगठनात्मक अनुभव आदानप्रदान गर्नुका साथै महानगरस्तरीय सहकार्यको आधार निर्माण गर्ने प्रयास गरेका छन्।
देशका प्रमुख महानगरबाट आएका सभापतिहरूसँग एउटै थलोमा कार्कीको सक्रिय उपस्थितिले आगामी दिनमा महानगर तहका कांग्रेस संगठनबीच थप समन्वय र सहकार्यको सम्भावनालाई समेत बल दिएको छ।
महाधिवेशनमा कार्कीको सहभागिता केवल प्रतिनिधित्वमा सीमित नरही विराटनगरको संगठनात्मक मुद्दा र महानगर नेतृत्वको भूमिकालाई कांग्रेस केन्द्रसगको बहससँग जोड्ने प्रयासका रूपमा देखिएको छ।
View : 48
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved