धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गणतन्त्र राजनीतिक उपलब्धि मात्र नभइ विकास र समृद्धि हासिल गर्ने माध्यम हुनुपर्नेमा जोड दिएका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री शाहले गणतन्त्र जनतालाई अधिकार, सम्मान र भविष्य सुनिश्चित गर्ने जीवन प्रणाली बन्नुपर्नेमा जोड दिए ।
प्रदेश सरकार नागरिकका अधिकार सुनिश्चित गर्दै समृद्ध नेपाल निर्माणमा कटिबद्ध भएर काम गरिरहेको उनको भनाई छ ।
त्यस्तै, पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले गणतन्त्र नागरिकलाई घरवारविहीन बनाउन नभइ गाँस र वासको व्यवस्था गर्ने माध्यम हुनुपर्नेमा जोड दिए ।
बर्तमान सरकारले नागरिकका अधिकार कटौति गर्नेकाम गरिरहेको उनको आरोप छ । उनले जनताको बलिदानबाट प्राप्त उपलब्धि रक्षा गर्दै देशलाई समृद्ध बनाउनु आजको अपरिहार्यता रहेको औंल्याए ।
नेकपा संसदीय दलका नेता खगराज भट्टले जनतालाई दिनुपर्ने समृद्धि र सुशासनका लक्ष पूरा हुन नसक्दा निराशा बढेको बताए । उनले वर्तमान समय गणतन्त्र र संघीयताका लागि लडेकाहरूको अग्नि परिक्षाको समय भएको बताउँदै नागरिकको पक्षमा निस्वार्थ उभिनसक्नु पर्नेमा जोड दिए
View : 3
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved