कालो कोट र कालो चस्मामा,
राखेर सधैँ नेपाल शिरमा,
हिँडेका छन् बोकी देशको जिम्मा,
महेन्द्रको झझल्को देखिन्छ उनिमा।
यो केवल रूप होइन, यो संकल्प हो,
बुद्धको ज्ञान, रामको वरदान हो,
उनले बदल्ने छन् देशको विधान,
त्यही बाटोमा हाम्रो पहिचान।
अनि हुनेछ हामी नेपालीको समाधान,
फल्नेछन् देशमै गहुँ र धान,
परनिर्भरता टुट्नेछ एकदिन,
आत्मनिर्भर बन्छ हाम्रो नेपाल महान।
भ्रष्टाचारीको चरम यातना,
देश बेचे नेताहरूले मातमा,
जनताको आँसु, पीडा र वेदना,
सबै लेखिएको छ इतिहासका पानामा।
तर अब…
आशाको किरण छरिसक्यो,
अन्धकारको पर्दा हटिसक्यो,
बालेनले प्रधानमन्त्रीको सपथ ग्रहण गरिसके—
नयाँ युगको ढोका खुलिसक्यो।
देशभक्तिको खोल ओढ्नेहरू,
अब समय आयो चिनिनेहरू,
१२ बजि सक्यो—घडीले संकेत दियो,
सत्य र असत्य छुट्टिने बेला भयो।
प्रधानमन्त्री भवन फुलमालाले सजिसक्यो,
जनताको भरोसा फेरि पलाइसक्यो,
हरेक मुटुमा आशाको दीप बल्यो—
नयाँ बिहानले देश उज्यालो बनाइसक्यो।
रामनवमीको पावन अवसरमा,
लिने छन् सपथ शितल निवास परिसरमा,
समय गन्न थाल्यो—एक, दुई, तीन, चार (१२:३४),
बालेनले लगाउने छन् हाम्रो देशको बेडा पार
अब केवल शब्द होइन, कर्म हुनेछ,
सपनाहरू यथार्थमा परिणत हुनेछ,
नेपाल फेरि उठ्नेछ, बलियो र सक्षम भएर
देश को इतिहास लेखिँदैछ नयाँ अक्षरमा।
इतिहास लेखिँदैछ नयाँ अक्षरमा।
आस्मा चालिसे खनाल
View : 424
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved