सम्मेलनमा प्रस्तुत गरिएको घोषणापत्रमा सुझाव दिनेक्रममा ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनका बोर्ड सदस्य समेत रहेका राईले सबै देशका यातायात क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा अनिवार्य गरिनुपर्नेमा माग दोहोर्याए ।
सो अवसरमा उनले सरकारले यातायात श्रमिकहरुको पंजीकरण गर्नु पर्ने, स्वरोजगार यातायात श्रमिकहरुलाई सरकारले बेला बेला अनुदान दिंदै लगानीमा विनाव्याज ऋण उपलव्ध गराउनुपर्ने, अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)को मापदण्ड अनुसारको यातायात श्रमिकहरुको रोजगारी मर्यादित हुनुपर्ने, जलावायु परिवर्तन तथा इभीबाट मारमा परेका यातायात श्रमिकहरुको न्यायोचित रुपान्तरणका लागि सरकार सकरात्मक बन्नुपर्ने पनि बताए । साथै ति विषयहरु घोषणा पत्रमै समावेश हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा भारत पुणे महानगरपालिकाका कर्पोरेटर तथा श्रमिक नेता सुनिल सिन्देले सम्मेलनले विभिन्न देशको सार्वजनिक यातायात बारे र त्यहाँ कार्यरत श्रमिकको अवस्था बुझ्ने अवसर प्राप्त भएकाले कालान्तरमा सबैका लागि उपयोगी हुने बताए ।
प्रथम विश्व सम्मेलनमा विश्वभरका विभिन्न देशहरुबाट अनुसन्धानकर्ता, सरकारका प्रतिनिधी, रोजगारदाता, विषय विज्ञ, विश्व विद्यालयका प्रोफेसर, श्रमिक युनियन, एशियन विकास बैंक साथै यस क्षेत्रमा क्रियाशील विभिन्न विश्वस्तरका गैर सरकारी संस्थाका प्रतिनिधीहरु समेत गरेर करिब दुई सय जनाको सहगागिता रहेको छ । सम्मेलन अक्टोबर २५–२८ सम्म जारी रहनेछ ।
View : 174
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved