Biratnagar, Morang, Nepal
खेलकुद

इटहरीमा पहिलो पटक ‘आर्म रेस्लिङ किंग’ प्रतियोगिता

-
अखवारका कुरा
२१ असार २०८२, आइतवार

Advertisement


इटहरी, सुनसरी। इटहरीमा पहिलो पटक आयोजना गरिएको ‘आर्म रेस्लिङ किंग’ प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। नेपाल तरुण दल, इटहरी उपमहानगर समितिको आयोजना रहेको प्रतियोगितामा १५० भन्दा बढी युवाले सहभागिता जनाएका थिए।

प्रतियोगितामा आकाश अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जिते। उनले नगद एक लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। दोस्रो स्थानमा रहेका रोहन श्रेष्ठले ४० हजार रुपैयाँ र तेस्रो भएका आयुश विक्रम शाहले २० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

आयोजक समितिका अध्यक्ष अनीश सुवेदीले युवाहरूलाई लागूऔषध र दुर्व्यसनबाट टाढा राखी अनुशासन र मर्यादामा बाँध्न तथा स्वास्थ्यप्रति जागरूक बनाउन प्रतियोगिता आयोजना गरिएको बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले खेलकुद युवाको व्यक्तित्व निर्माणको महत्वपूर्ण आधार भएको बताए। उनले भने, “खेलकुदले युवालाई अनुशासन, आत्मविश्वास र नेतृत्वकला सिकाउँछ। यो केवल शारीरिक स्वस्थताको माध्यम होइन, जीवनलाई सकारात्मक दिशामा डोहोर्याउने शक्तिशाली साधन पनि हो। युवाको ऊर्जालाई रचनात्मक मार्गतर्फ डोऱ्याउन यस्ता प्रतियोगितालाई अझ प्रोत्साहन गर्नुपर्छ।”

प्रतियोगिताले इटहरीका युवाहरूमा खेलप्रतिको रुचि बढाएको र स्वस्थ तथा अनुशासित जीवनशैली अपनाउन प्रेरणा दिएको आयोजकहरूको भनाइ छ।

View : 119

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved