Biratnagar, Morang, Nepal
सामाजिक सेवा

लायन्स क्लब अफ विराटनगरद्वारा १०४ जनाको निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण

-
अखवारका कुरा
२२ साउन २०८३, शुक्रवार

Advertisement

विराटनगर -  लायन्स क्लब अफ विराटनगर र लियो क्लब अफ विराटनगरले पपुलर क्लिनिकसँगको सहकार्यमा विराटनगर स्थित पञ्चमुखी हनुमान मन्दिर  (बुधहाट चौक) मा निःशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम सञ्चालन गरेका छन्।

नेपाल लायन्स डे को अवसरमा साता व्यापी रुपमा कार्यक्रम आयोजना गरेको क्लबले दोश्रो दिन समुदायमा मधुमेह र उच्च रक्तचापजस्ता दीर्घरोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा १०४ जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन्।

कार्यक्रममा सहभागीहरूको ब्लड सुगर र रक्तचाप परीक्षण गरी आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो। मधुमेह र उच्च रक्तचापको समयमै पहिचान र नियन्त्रणका लागि नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको सन्देशसहित कार्यक्रम आयोजना गरिएको अध्यक्ष चाँदबाबु इराकीले जानकारी दिए ।

लायन्स क्लब अफ विराटनगरका अध्यक्ष चाँदबाबु इराकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्सका पूर्व डिस्ट्रिक्ट गभर्नर भीम घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले यस्ता स्वास्थ्य परीक्षण कार्यक्रमले समुदायमा रोगको प्रारम्भिक पहिचान र रोकथाममा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

कार्यक्रमका संयोजक सुनिल बिरलाले समुदायसम्म आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। सह–संयोजक कविता साहनीले स्थानीयवासीको उत्साहजनक सहभागिताले यस्ता स्वास्थ्य अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिन प्रेरणा मिलेको बताइन्।

लायन्स क्लब अफ विराटनगर र लियो क्लब अफ विराटनगरले आगामी दिनमा पनि समुदायकेन्द्रित स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने लियो विराटनगरका अध्यक्ष सन्जु गोइतले जानकारी दिए । 

कार्यक्रममा लायन्सका विभिन्न नेतृत्व र लायन्सकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

View : 129

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved