Biratnagar, Morang, Nepal
अर्थ

बरगाछीमा ‘The Glam By Shikshya’ मेकअप स्टुडियो तथा ट्रेनिङ सेन्टर सञ्चालनमा

-
अखवारका कुरा
१९ भदौ २०८३, शुक्रवार

Advertisement

विराटनगर । विराटनगर–३, बरगाछीमा ‘The Glam By Shikshya’ मेकअप स्टुडियो तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ। सौन्दर्य तथा मेकअप क्षेत्रमा गुणस्तरीय सेवा र व्यावसायिक सीप प्रदान गर्ने उद्देश्यले स्टुडियोको औपचारिक उद्घाटन गरिएको हो।
नयाँ स्टुडियोले विभिन्न अवसरका लागि आवश्यक मेकअप सेवा उपलब्ध गराउनुका साथै सौन्दर्य क्षेत्रमा रुचि राख्ने तथा करियर बनाउन चाहनेहरूलाई सीपमूलक तालिम दिने जनाएको छ।
स्टुडियोमा बेसिकदेखि प्रोफेसनल स्तरसम्मका मेकअप तथा सौन्दर्यसम्बन्धी तालिम सञ्चालन गरिने बताइएको छ। तालिममार्फत इच्छुक विद्यार्थीलाई व्यावसायिक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखिएको सञ्चालकको भनाइ छ।
बरगाछीमा नयाँ मेकअप स्टुडियो तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आएसँगै स्थानीयस्तरमै सौन्दर्य सेवा लिन र यस क्षेत्रमा आवश्यक सीप हासिल गर्न चाहनेहरूका लागि थप अवसर सिर्जना भएको छ।
‘The Glam By Shikshya’ ले सौन्दर्य सेवासँगै सीप र ज्ञानलाई प्राथमिकता दिँदै यस क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ।

View : 47

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved