Biratnagar, Morang, Nepal
+977-9708590006
प्रदेश

संस्कृति र परम्परा संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की

-
अखवारका कुरा
१७ कार्तिक २०८१, शनिवार

Advertisement

बिराटनगर  : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको संस्कृति र परम्परा संरक्षणबाट मुलुकको समृद्धि झल्किने बताएका छन् ।

मुख्यमन्त्री निवासमा आज (शुक्रबार) मोरङका सञ्चारकर्मीले देउसी खेलेपछि शुभकामना दिँदै मुख्यमन्त्री कार्कीले नेपालीको दोस्रो ठूलो चाड तिहारले सम्पूर्ण नेपालीमा सामाजिक सद्भाव कायम राखि एक सुत्रमा बाँध्न सहयोग पुगेको बताए ।

 उनले यही वर्ष प्रदेशमा हुने लगानी, चिया सम्मेलन र कोशी प्रदेश पर्यटन वर्ष, २०८२’ घोषणाबाट प्रदेशमा आर्थिक चलायमान, रोजगार वृद्धि तथा नागरिकको जीवनस्तर उकास्नमा सहयोग पुग्ने बताए । 

View : 112

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved