Biratnagar, Morang, Nepal
राजनीति

बाल अधिकार परिषद्मा मन्त्री सिता बादीको छड्के अनुगमन, नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन

-
अखवारका कुरा
१८ असार २०८३, बिहिवार

Advertisement

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले राष्ट्रिय बाल अधिकार परिषद्मा छड्के अनुगमन गरी नौं बुँदे निर्देशन दिएकी छन् ।

बिहीबार बिहान मन्त्रालय तथा मन्त्रीको सचिवालयको टोलीसहित परिषद्को पुल्चोकस्थित कार्यालय पुगेकी मन्त्री बादीले बालबालिकाको संरक्षण, बाल अधिकार प्रवद्र्धन तथा संस्थागत सुधारका विषयमा परिषद्लाई आवश्यक निर्देशन दिएकी हुन् ।

पूर्वसूचना बिना मन्त्री कार्यालयमा पुगेपछि परिषद्का कर्मचारी आश्चर्यमा परेका थिए । पछिल्लो समय जोखिममा रहेका बालगृहबाट बालबालिकाको उद्धार तथा व्यवस्थापनका विषयमा परिषद्को कार्यसम्पादनप्रति मन्त्री बादीले असन्तुष्टि व्यक्त गर्दै कर्मचारीलाई निर्देशन दिँदै भने, ‘बालगृहका नाममा बालबालिका थप जोखिममा परिरहेका छन्। यो अवस्थाबाट अब हामीले हाम्रा बालबालिकालाई जोगाउनुपर्छ। अर्को निर्णय नभएसम्म नयाँ बालगृह खोल्ने अनुमति प्रदान नगर्नुहोस् ।’

मन्त्री बादीले परिषद्मा कार्यरत सम्पूर्ण कर्मचारीको कार्यविवरण तथा सम्झौता भए सो समेत संलग्न गरी आफूले पदभार ग्रहण गरेको दिनदेखि असार १८ गतेसम्म सम्पादन गरिएका कार्यहरूको विवरण ७ दिनभित्र मन्त्रीसमक्ष पेस गर्न निर्देशन दिएकी छन् ।

View : 19

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved