Biratnagar, Morang, Nepal
देश

स्याङ्जामा पहिलोपटक अंगीकृत नागरिकता वितरण

-
अखवारका कुरा
१४ फागुन २०८२, बिहिवार

Advertisement

काठमडौं । संशोधित नागरिकता कानुन कार्यान्वयनमा आएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जा ले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ ।

पुतलीबजार नगरपालिका–४ निवासी मुना पोख्रेलका सन्तान १९ वर्षीय डेबिट पोख्रेल र १७ वर्षीया प्रियंका पोख्रेलले नागरिकता प्राप्त गरेका हुन् । नेपाली आमा र भारतीय बाबुबाट जन्मिएका उनीहरूलाई कानुनी व्यवस्था नहुँदा लामो समय नागरिकता लिन कठिनाइ थियो ।

नेपाल नागरिकता चौथो संशोधन ऐन तथा नियमावली २०८२ अनुसार नेपाली आमा र विदेशी बाबुबाट नेपालमै जन्मी बसेकालाई जिल्लाबाटै अंगीकृत नागरिकता दिने व्यवस्था भएपछि नागरिकता वितरण सम्भव भएको हो ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले अब आवश्यक कागजात पूरा गर्ने अन्य पात्र व्यक्तिले पनि नागरिकता पाउने बताउनुभएको छ । प्रशासनले प्रक्रिया थप सहज र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।

View : 6

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved