Biratnagar, Morang, Nepal
देश

हार–जित स्वाभाविक प्रक्रिया हो, मत परिणामबाट विचलित छैन :गुरुराज घिमिरे

-
अखवारका कुरा
२६ असोज २०८३, सोमवार

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्ने बताएका छन् । 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका घिमिरेले सोमबार सामाजिक सञ्जालमार्फत उनले मतदाताप्रति आभार व्यक्त गर्दै १,५१३ मत सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा रहेको बताए । 

उनले भने, ‘महामन्त्री पदमा मलाई विश्वास गरी आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरूले प्रदान गर्नुभएको १,५१३ मत मेरा लागि सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा हो ।’

उनले लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया रहेको उल्लेख गर्दै आफू मत परिणामबाट विचलित नरहेको बताए । उनले अबको यात्रा फरक सोच र शैलीबाट अघि बढ्ने समेत बताए । 

‘म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्नेछ—जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन्,’ उनले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो। यहाँहरूको विश्वासलाई शिरोपर गर्दै नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहनेछु ।

View : 20

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved