पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा उत्पन्न तनावपूर्ण अवस्था, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता र सिरहाका गणेश यादवको गोली लागेर मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन्।
ओलीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले हिंसा र द्वन्द्वबाट समस्याको समाधान नहुने उल्लेख गर्दै सबै नागरिक, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीलाई संयमित रहन, भ्रामक प्रचारमा नलाग्न र सामाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम गर्न आग्रह गरेका छन्।
सरकारको प्राथमिक दायित्व नागरिकको जीउधनको सुरक्षा र संवादमार्फत समस्या समाधान गर्नु भएको उल्लेख गर्दै ओलीले हिंसात्मक गतिविधि तत्काल रोक्न र संवादको माध्यमबाट समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। साथै, मुलुकको शान्ति, सुरक्षा र स्थायित्वका लागि सबै राजनीतिक दल तथा सरोकारवाला पक्षलाई सहकार्य गर्न आह्वान गरेका छन्।
View : 22
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved