Biratnagar, Morang, Nepal
प्रदेश

प्रदेश सरकारको स्मार्ट तालिममा जोड

कोशी प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बजेट स्वीकृत, मुख्यमन्त्री कार्कीको स्मार्ट तालिममा जोड

-
अखवारका कुरा
३१ असार २०८२, बुधवार

Advertisement


विराटनगर - कोशी प्रदेशको झापास्थित कलवलगुरीमा रहेको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान को चौथो परिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट पारित गरेको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा भएको बैठकले प्रदेश सरकारले एकमुष्ट उपलब्ध गराएको २ करोड ७० लाख र प्रतिष्ठानको आन्तरिक आम्दानी १६ लाखसहित २ करोड ८६ लाख रुपैयाँ बराबरका कार्यक्रम स्वीकृत गरेको हो। यससँगै प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमअन्तर्गत ७ करोड ६१ लाख ५० हजार रुपैयाँको कार्यक्रमसमेत पारित भएको छ। प्रतिष्ठानका अनुसार उक्त बजेट प्रदेश सभाबाट पारित भइसकेको छ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्मचारीको क्षमता अभिवृद्धि र कार्यशैलीमा सुधार ल्याउने खालका स्मार्ट तालिम सञ्चालनमा जोड दिनुपर्ने बताए। “प्रतिष्ठानलाई सबैले चिनेको र विश्वास गर्ने संस्थाका रूपमा स्थापित गर्नुपर्छ,” उनले भने, “आधुनिक प्रविधि र जनमैत्री अभ्यासमार्फत संस्थालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्नुपर्छ।”

बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश लोकसेवा आयोगका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष, विभिन्न स्थानीय तहका प्रमुख तथा उप–प्रमुखहरूको उपस्थिति थियो।

View : 88

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved