Biratnagar, Morang, Nepal
स्थानीय तह

प्रतिनिधिसभा निर्वाचन

मोरङ- ४ मा कांग्रेसको तरुण परिचालन तीव्र

कटहरीमा गाउँदेखि वडासम्म संरचना विस्तार।
-
अखवारका कुरा
११ फागुन २०८२, सोमवार

Advertisement

मोरङ - फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली काङ्ग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मोरङ क्षेत्र नम्बर ४ अन्तर्गत कटहरी गाउँपालिकामा चुनाव प्रचार- प्रसार तथा तरुण परिचालन समितिको संरचना निर्माण गरेको छ ।

केन्द्रीय सदस्य जय पासवानको उपस्थितिमा सम्पन्न भेलाले गाउँपालिका संयोजकसहित सातवटै वडामा संयोजक तोक्ने निर्णय गरेको हो।

गाउँपालिका संयोजकमा अजय पासवान चयन भएका छन् भने वडा नं. १ देखि ७ सम्म क्रमशः राज नारायण माझी, सुदिप राजबंशी, विकेश कुमार मण्डल, अनिस सेख मिया, प्रविण मिश्र, कार्तिकचन सरदार र कृष्ण बहादुर राउतलाई जिम्मेवारी दिइएको छ।

नेपाल तरुण दल मोरङ क्षेत्र नम्बर ४ का निर्वाचन परिचालन तथा प्रचार प्रसार संयोजक सन्तोष महत (स्यान्ट्रो)का अनुसार निर्वाचनलाई लक्षित गर्दै तरुण शक्तिलाई संगठित र योजनाबद्ध ढंगले परिचालन गरिनेछ। उनका अनुसार मोरङ ४ मा कांग्रेसप्रति सकारात्मक जनमत देखिएकाले त्यसलाई मतमा रूपान्तरण गर्न टोल-टोलमा तरुण दल खटिनेछ।

महतका अनुसार घरदैलो अभियान, युवा अन्तरक्रिया, मतदाता भेटघाट र तथ्यमा आधारित प्रचार कार्यक्रममार्फत भ्रम चिर्ने रणनीति बनाइएको छ।

“तरुण दल अनुशासित, संयमित र मुद्दा केन्द्रित ढंगले अघि बढ्छ,” उनी भन्छन “लोकतन्त्रको सुदृढीकरण र विकासको निरन्तरताका लागि कांग्रेसको विजय आवश्यक छ भन्ने सन्देश घर -घर पुर्‍याइनेछ।”

निर्वाचन मिति नजिकिँदै जाँदा मोरङ-४ मा दलहरूबीच संगठन विस्तार र जनसम्पर्कको प्रतिस्पर्धा बढ्दो छ। कटहरी गाउँपालिकामा तरुण दलको सक्रियता त्यसकै एक कदमका रुपमा हेरिएको छ ।

View : 160

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved