Biratnagar, Morang, Nepal
+977-9708590006
सामाजिक सेवा

सामाजिक कार्यमा अघि बढ्दै लायन्स मेट्रो

-
अखवारका कुरा
२३ भदौ २०८१, आइतवार

दन्त जांच गर्दै बिराट सिटि डेन्टलकि डाक्टर अम्बिका साह

Advertisement

 

लायन्स क्लब अफ बिराटनगर मेट्रोले  दारुल-उलुम इस्लाहुल मुसलमीन  मदरसा रानीमा स्वास्थ सचेतना लगायतका बिभिन्न कार्यक्रमको आयोजना गरेको छ  । 

क्लबका अध्यक्ष नरेश साहले क्लब ले बिभिन्न कार्यक्रम गर्नेक्रममा  मदरसामा गरिएको कार्यक्रममा दन्त जाँच ,  शैक्षिक सामाग्री बितरण,मौखिक  स्वास्थ सचेतना  ,ब्यक्तिगत सरसफाइ सचेतना , बाल बालिकामा हुने क्यान्सर सम्बन्धि सचेतना , शिक्षकलाई तालिम , ब्लड प्रेसर जाँच , मधुमेह जाँच , रक्त समूह पत्ता लाउने जाँच , ब्यक्तित्व बिकास तालिम , जलन सचेतना कार्यक्रम, बालबालिकामा हुने क्यान्सर सचेतना  लगायतका कार्यक्रम सम्पन्न भएको जानकारी दिदै , यस बर्ष क्लबले समुदायका सबै क्षेत्रलाइ समेटेर कार्य गर्ने नीति लिएको र सोही अनुसार मदरसामा कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

उक्त मदरसाका मौलान  अजिजले  मदरसामा भिन्न प्रकृतिका कार्यक्रम आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिए ।

उक्त कार्यक्रममा क्लब सस्थापक अध्यक्ष कैलाश खाकी श्रेष्ठ , पुर्व अध्यक्ष डाक्टर पार्थ गुरागाइ  ,खुर्सिद आलम  बिराट सिटि डेन्टल क्लिनिकका डाक्टर द्वय शितल साह र अम्बिका साह , गोल्डेन अस्पतालका प्रमुख कार्यकारी अधिकृत जिया उल हक , क्लबका रुपक राज सुवेदी , इनोभेटिभ लियो क्लबकि अध्यक्ष अस्मिता चौधरी लगायतको उपस्थिति रहेको थियो । 

 

 

View : 230

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved