सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बुधबार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबारको तुलनामा प्रतितोला दुई हजार रुपैयाँले बढेर छापावाल सुन दुई लाख सात हजार ९ सय रुपैयाँमा पुगेको हो।
यसअघि मंगलबार सुनको मूल्य दुई लाख पाँच हजार ९ सय रुपैयाँमा थियो। महासंघले यो मूल्यलाई हालसम्मकै उच्च भएको बताएको छ।
सुनको मूल्य लगातार बढ्दै जाँदा उपभोक्ता प्रभावित भएका छन् भने सुन व्यवसायीहरूलाई कारोबारमा उत्साह थपिएको देखिन्छ।
यस्तै, बुधबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार प्रतितोला दुई हजार ४८५ रुपैयाँमा रहेको चाँदी घटेर बुधबार दुई हजार ४८० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।
View : 279
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved