Biratnagar, Morang, Nepal
स्थानीय तह

मोरङ-६ का प्रतिनिधिसभा उम्मेदवार ढकाललाई पितृशोक

२९ माघ २०८२, बिहिवार

Advertisement

विराटनगर । नेकपा (एमाले) का नेता तथा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालका १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको बिहीबार बिहान निधन भएको छ। उनको विराटनगरस्थित आफ्नै निवासमा देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वर्गीय ढकालको अन्तिम संस्कार आजै दिउँसो ३ बजे विराटनगरको परोपकार घाटमा गरिने परिवारले जानकारी दिएको छ।

पितृ शोकमा रहेका उम्मेदवार ढकाललाई समवेदना व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेताहरू ढकाल निवास पुगेका छन्। यसैक्रममा सोही निर्वाचन क्षेत्रका प्रतिस्पर्धी उम्मेदवार तथा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पनि ढकाल निवास पुगेर परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गरेका छन्।

कोइरालासँगै नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं लगायतका नेताहरूले पनि ढकाल परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

View : 142

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved