इटहरी : कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेशभित्रै राजस्व संकलनलाई व्यवस्थित र प्रभावकारी बनाउन सोमबार सुनसरीको इटहरीमा प्रदेश राजस्व कार्यालयको उद्घाटन गरिएको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले कार्यालय उद्घाटन गर्दै प्रदेश सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अवस्थाले यस्तो संरचना आवश्यक भएको बताए । “जनतालाई करको अतिरिक्त बोझ नपारी राजस्व संकलनका नयाँ स्रोत पहिचान गरी कार्यालयमार्फत सहजीकरण गरिनेछ,” उनले भने ।
गत आर्थिक वर्षमा कोशी प्रदेशले ४ अर्ब ९८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९८ प्रतिशत मात्र सफलता हासिल गरेको थियो । चालु आर्थिक वर्षमा भने ५ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य प्रदेश सरकारले राखेको छ ।
उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदीलगायतको उपस्थिति थियो । यो कार्यालय स्थापना गर्ने पहिलो प्रदेश सरकार कोशी प्रदेश भएको जनाइएको छ ।
View : 71
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved