Biratnagar, Morang, Nepal
सामाजिक सेवा

नेपाल जेसीज राष्ट्रिय महाधिवेशन

नेपाल जेसीजमा सापकोटाको उडान : कार्यकारिणी उपाध्यक्षमा भारी मतले बिजयी

जेसीज युवाहरुको मन मुटुमा बस्न सफल सापकोटा
-
अखवारका कुरा
११ पुष २०८१, बिहिवार

Advertisement

 

नेपाल जेसीजको इटहरीमा सम्पन्न  ५१ औं राष्ट्रिय महाधिवेशन बाट गीतानगर जेसीजका कृष्ण सापकोटा भारी मतका साथ कार्यकारिणी उपाध्यक्ष पदमा बिजयी भएका छन । 
सन २०१० मा पर्यवेक्षकको रुपमा जेसीजमा प्रवेश गरेका सापकोटा २०१२ बाट पुर्ण सदस्य भई २०१३ मा निर्देशक २०१४ मा  शाखा सम्पादक २०१५ मा कार्यकारिणी उपाध्यक्ष ,२०१६ मा  कोषाध्यक्ष  २०१७ मा  महासचिव २०१८ मा तालिम निर्देशक २०१९ मा शाखा अध्यक्ष हुँदै नेपाल जेसीज तर्फको यात्रा तय गरेका उनि सन २०२० मा नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बिजयी भएका थिए । 

सन २०२२ मा नेपाल जेसीजको महासचिव मा मनोनीत सापकोटाले सो बर्ष नेपाल भरिका जेसीज अभियानमा लागेका महासचिवहरुलाई एक साथ जोड्दै जेसीजमा अगि बढ्न अभिप्रेरित गरेका थिए जसको आज पर्यन्त चर्चा हुने गरेको छ । 

गत बर्ष बुटवलमा भएको महाधिवेशनमा मात्र ५ मतले उपबिजेतामा सिमित उनले हिम्मत हारेनन मनलाई दरिलो बनाए । फेरि एक पटक उहि जोस उहि जांगरका साथ उभिने अठोट गरि पुन: जेसीज अभियानमा होमिए । 

५ मत उनका लागि उनको कमजोरी पत्ता लगाउने आधार बन्यो , यसले उनलाई उठ्न सिकायो , अझ काम गर्न अभिप्रेरित गर्यो ।

उनी  उपबिजेतामा सिमित भए पनि बिजयी उमेदवार सरह नै ३६५ दिन नै सकृय रहेर देश भरीका जेसीज युवाहरु सग निरन्तर सम्पर्कमा रहे ।

उनिहरुको जेसीज अभियान सग सम्बन्धी गुनासो , समस्या सबै लाई सम्बोधन गर्न सापकोटाले कुनै कसर बाकी राखेनन।

सबैलाई जोडेर एकतामा बाधेर हिड्दै अघि बढ्ने स्वभावका सापकोटाको यहि बानी नै यस बर्ष जितको दरिलो आधार बन्यो ।

चुनावी अभियानमा अघि बढ्दै गर्दा चुनावि मैदानमा समेत सापकोटाको योगदानको चर्चा भयो । उनको निरन्तरताको यात्रालाइ साथ दिनु पर्ने र सबैले सहयोग गरेर जिताउनु पर्ने अभिमत सबैको रह्यो यसले ५७% मत प्राप्त गरेर बिजयी हुने आधार तयार गर्यो । 

आफ्ना योजनाहरु अघि सार्दै सापकोटा भन्छन : "चुनावमा कहिले नि पराजित भईदैन कि सिकिन्छ कि जितिन्छ ।२०२४ मेरा लागि सिकाइको बर्ष रह्यो । जसले अझ परिपक्व बन्दै सबैलाई जोड्दै अघि बढ्नु पर्छ भन्ने पाठ सिकायो । यस बर्षको जीतलाई सबैको जित महसुस हुने गरि कार्य गरि आफ्नो यात्रा अगाडि बढाउने छु । " 


२०२४ मा गीतानगर जेसीजले आतिथ्यता गरेको क्षेत्र ख सम्मेलनको सह निर्देशक को रुपमा रहि सम्मेलनलाई भव्य सभ्य बनाउन बिशेष योगदान दिएका सापकोटाको जेसीजका हरेक कार्यक्रमलाई ब्राण्डिङ गर्दै समाजका हरेक क्षेत्रमा जेसीज पुर्याउने सपना छ , सपनालाइ पूरा गर्ने साहस छ र सबैलाई हामी जेसीज भन्दा गर्व गर्न लायक बनाउने प्रयत्न छ।

उनले आफ्नो उम्मेद्बारी प्रस्तुत गर्दै गर्दा महाधिवेशनमा सहभागी मतदाता समक्ष अघि सारेका योजना समयमा कार्यक्रम सुरु र अन्त्य( OnTime Program), सरकारी निकाय संग सहकार्य(Collaboration with Government), अन्तर्राष्ट्रिय जेसीज सङ्गको कनेक्सन , सद्स्यता वृद्धि , एड्भान्स मोबाइल एप्स तथा एम आइ एस (Advanced mobile app and Strong MIS),जेसीजको स्ट्राटेजी फ्रेम वर्क (JCI Strategy Framework)मा आधारित र अन्य विषयमा आफुले विशेष कार्य गर्ने कार्ययोजना उद्घोष  गरिसकेका छन । 

जेसीजका १७८ शाखा मध्ये प्राय: सबै शाखामा पुगेर शाखाका बारेमा जानकारी राखेका सपकोटाले सबैलाई समेटेर नेपाल भरी जेसीजको अभियानलाई अघि बढाउने दिशामा आफु अघि बढ्ने बताए । 

अध्यक्षमा रजनी थापाको नेतृत्वमा निर्वाचित समितीमा ४ कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष निर्वाचित भएका छन । भने कानुनी सल्लाहकार ,महासचिव र कोषाध्यक्ष अध्यक्ष थापाले मनोनीत गरेकी छिन । 

View : 281

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved