Biratnagar, Morang, Nepal
अर्थ

सामुदायमा अघि बढ्दै चेम्बर

कर-भन्सार छलफल तीव्र बनाउँदै मोरङ चेम्बर अफ कमर्स , समुदायमा न्यानो कपडा वितरण र स्वास्थ्य जाँच शिविर गर्ने

-
अखवारका कुरा
२१ मंसिर २०८२, आइतवार

Advertisement

कटहरी — मोरङ चेम्बर अफ कमर्सले शनिबार कटहरीस्थित बेनी कृषि फर्ममा बसेको बैठकले सामाजिक उत्तरदायित्व र व्यावसायिक सरोकार दुबैलाई केन्द्रमा राख्दै आगामी कार्ययोजना पारित गरेको छ।

बैठकले सबैभन्दा पहिला संघले विगत केही महिनामा सञ्चालन गरेका कार्यक्रमको समग्र समीक्षा गर्दै आगामी गतिविधि थप प्रभावकारी बनाउन सुझावसहितका निर्णय गरेको छ।

चिसो बढ्दै गएका कारण पहाडी जिल्लाका विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम बैठकको प्रमुख एजेन्डामा परेको थियो। त्यसैगरी, विभिन्न समुदायका विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्दै शैक्षिक क्षेत्रमा पनि प्रत्यक्ष सहयोग पुर्‍याउने निर्णय गरिएको हो ।

व्यापारिक क्षेत्रमा बढ्दो कर, भ्याट र भन्सारसम्बन्धी चुनौतीलाई ध्यानमा राख्दै संघले चाँडै आफ्ना सदस्यहरूलाई एकै ठाउँमा भेला गराई विशेष छलफल तथा अभिमुखीकरण सत्र आयोजना गर्नेछ।

यस्तै, चेम्बरले आम सर्वसाधारणलाई लक्षित बृहत् स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। स्थानीय समुदायलाई सहज र निःशुल्क रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चेम्बरले स्वास्थ्यकर्मी तथा विशेषज्ञको सहयोगमा विभिन्न स्थानमा स्वास्थ्य शिविर चलाउने तयारी गरेको छ।

चेम्बर अफ कमर्सका अध्यक्ष शिव प्रसाद रिजालले चेम्बरले व्यापारिक हित मात्रै होइन, सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्व दिँदै आएको बताए। “समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर हामी अघि बढिरहेका छौँ,” रिजालले भने, “व्यवसाय, नागरिक सेवा र सामाजिक उत्तरदायित्व यी तीनै मोर्चामा चेम्बर सक्रिय रहनेछ।”

विभिन्न विषयमा विस्तृत छलफलपछि बैठक मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको थियो। अन्त्यमा सहभागीहरूबीच रात्री भोजका साथ कार्यक्रम समापन गरिएको मोरङ चेम्बर अफ कमर्सले जनाएको छ।

View : 75

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved