Biratnagar, Morang, Nepal
देश

कांग्रेस आफैँमा तरुण बन्दै गएको अनुभूति भएको छ : विश्वप्रकाश शर्मा

-
अखवारका कुरा
१३ कार्तिक २०८३, बिहिवार

Advertisement

सदस्यहरूलाई आफूलाई मत दिएर विश्वास गर्ने प्रत्येक मतदाताप्रति इमानदार रहन आग्रह गरे । केन्द्रीय समितिमा निर्वाचित हुँदैमा आफूहरू नै सबैभन्दा लोकप्रिय, योग्य वा सक्षम भएको नठान्न पनि उनले सचेत गराए ।

 

‘हामीलाई विश्वास गरेर पठाउनुभएका साथीहरूको प्रत्येक मतप्रतिको इमानदारिता जरुरी छ । सँगैमा यो पनि हेक्का राख्नुछ कि हामी नै सबैभन्दा लोकप्रिय, हामी नै सबैभन्दा योग्य वा हामी नै सबैभन्दा सक्षम हौँ भन्ने होइन। बाहिर पालमा बसेर हेरिरहनुभएका साथीहरू, मेची–महाकालीमा रहेका साथीहरू प्रतिस्पर्धाको क्रममा कम मत आएर केन्द्रीय कार्यसमितिभन्दा कारणवश, संयोगवश बाहिर रहनुभएका साथीहरू कैयौँ हामीभन्दा योग्य पनि हुनुहुन्छ,’ उनले भने । 

 

उनले पार्टीको इतिहासप्रतिको गर्वलाई वर्तमानको जिम्मेवारीसँग जोड्दै आगामी दिनमा कांग्रेसलाई अझ जिम्मेवार र प्रभावकारी बनाउने दायित्व नयाँ नेतृत्वको काँधमा रहेको बताए ।

View : 166

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved