विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस चार मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा सहाभागी हुने भएको छ ।
कांग्रेसले चार मन्त्री र राज्यमन्त्री लिने लगभग सहमति भएको संसदीय दलका नेता उद्धव थापाले बताएका छन् ।हाल सात मन्त्रालय रहेको प्रदेशमा अब मन्त्रालय बढेर नौ हुनेछन् ।
केन्द्रमा गठबन्धन फेरिएर कांग्रेस–एमाले सरकार गठन भए पनि कोशीमा सरकार विस्तार हुन बाँकी छ । एमालेका हिक्मत कार्की नेतृत्वको सरकारमा सहभागी हुन भागबन्डा नमिल्दा ढिलो भएको थियो ।
माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि कोशीमा मन्त्रालय खाली छन् । केन्द्रबाट सन्देश आउनासाथ कांग्रेसले आज बिहीबार नै मन्त्रीको नाम पठाउने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ ।
संसदीय समितिहरूमा नेतृत्व लिन भने सत्तासीन दलले सहमति गरिसकेका छन् । सार्वजनिक लेखा समिति विपक्षी माओवादी केन्द्रलाई दिएर कांग्रेस–एमालेले तीन तीनवटा समितिको नेतृत्व गर्नेछन् ।
समितिको निर्वाचन शुक्रबार हुनेछ भने संसदीय समितिले समेत पुर्णता पाउने छन ।
View : 168
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved