Biratnagar, Morang, Nepal
+977-9708590006
स्वास्थ

नेपाल जलन फाउण्डेशनद्वारा प्रथम विश्वव्यापी जलन सचेतना सप्ताह विभिन्न कार्यक्रम गरि सम्पन्न

-
अखवारका कुरा
२६ कार्तिक २०८१, सोमवार

Advertisement

जलन: अदृश्य स्वास्थ्य समस्याकाे सामना गराैं भन्ने नाराका साथ ४ देखि १० नाेभेम्बर सम्म विश्वव्यापी रूपमा संचालन भईरहेकाे प्रथम विश्वव्यापी जलन सचेतना सप्ताह नेपालमा पनि नेपाल जलन फाउण्डेशनद्वारा विभिन्न कार्यक्रम गरि सम्पन्न भएकाे छ ।  

नेपाल जलन फाउण्डेशन जलन/पोलाईको समस्या न्यूनिकरण गर्न जनचेतना, पीडित पक्षको उद्धार, प्राथमिक उपचार, उपचारको लागि पहुँच र व्यवस्थापन समेतका कार्य गर्न स्थापित संस्था रहेको र यस संस्थाले प्रथम विश्वव्यापी जलन सचेतना सप्ताह अर्न्तगत "जलनः अदृश्य स्वास्थ्य संकटको सामना गरौं" भन्ने मुल नाराका साथ विश्वव्यापी रुपमा सम्पन्न उक्त प्रथम विश्वव्यापी जलन सचेतना सप्ताह नेपालमा पनि नेपाल जलन फाउण्डेशनले बिभिन्न कार्यक्रम गरी मनाएकाे हो । 

 उक्त विश्वव्यापी कार्यक्रमको अवसरमा ४ नाेभेम्बर देखि विभिन्न सचेतनामुलक पर्चा पम्पलेट मार्फत जनचेतना फैलाउने कार्य गरी कीर्तिपुर अस्पतालबाट शुभारम्भ गरि विशेष रूपमा यहि २०८१।०७।२२ गते बिहान ८ बजे देखि १२ बजे सम्म कीर्तिपुर अस्पताल लगायत काठमाण्डाैं र ललितपुरका विभिन्न स्थानमा संस्थाका अध्यक्ष अधिवक्ता बाल कृष्ण गैरेकाे प्रत्यक्ष सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भयाे भने कार्तिक २३ गते ग्लाेबल कलेज, मध्यबानेश्वर, एल.आर. आई स्कुल/कलेज, कलङ्की, हिल्टन मा.वि. ललितपुर लगायतका विभिन्न ८ स्कूल/ कलेजमा जलन सम्बन्धि अन्तक्रिया तथा "जलन र यसकाे सामाजिक पक्ष" शिर्षकमा निबन्ध प्रतियाेगिता गरि सम्पन्न भएको थियो  भने विजयी प्रतियाेगीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएकाे थियाे । 

 अर्न्तक्रिया कार्यक्रमका प्रमुख अथिति डाक्टर  चन्द्र भण्डारीले देशमा जलनका बिषयमा आफूलाई समेत ज्ञान नहुदा र यस सम्बन्धी राज्यले सामान्य शिक्षा दिन नसक्दा आफू गम्भीर दुर्घटनामा परेकाे र प्रथमिक उपचारकाे रूपमा उपलब्ध पानी खन्याएर गर्न सकिने उक्त कुराकाे जानकारी नहुदा आमा नै गुमाउनु परेकाे र यसकाे उपचार साह्रै नै महँगो  भएकाेले गरीबले उपचार पाउन‌ै नसक्ने एबं हाल आफूले प्रति महिना नाै लाख रूपियाँ उपचारका लागि जुटाउन परेकाेमा यस प्रति सचेत रहन अपिल गर्दै एक बर्ष भित्र‌ै देशभरका जलन पीडितका लागि निशुल्क उपचारकाे अस्पतालकाे जनताबाटै पैसा उठाएर शिलान्यास गर्ने कुरा राख्नु भएकाे थियाे । 

 त्यसै गरी कार्तिक २४ गते जावलाखेल देखि मंगलबजार सम्म विहान बाजागाजाका साथ शुरू भएकाे प्रभातफेरी कार्यक्रम ललितपुर महानगरपािलका मेयर चिरिवावु महर्जनले सम्बाेधन गरि शुभारम्भ गर्नु भएकाे थियाे । सम्बाेधनकाे  क्रममा एक बर्ष भित्र‌ै नि:शुल्क जलन अस्पताल निमार्णमा परिणामुखि हुने गरि लाग्न र त्यसमा ललितपुर महानगरपालिका सहयाेग गर्ने बताउनु भयाे । कार्यक्रममा संस्था संरक्षक प्राे. डा. शंकरमान राई, ईन्टरप्लास्ट जर्मनका डा. अल्वर्ट लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधिहरू समेतले बाेल्नु भएकाे थियाे भने अन्त्यमा संस्थाका अध्यक्ष अधिवक्ता बाल कृष्ण गैरेले जलनका क्षेत्रमा तथा पीडित पक्षका हकमा सबैलाई आ-आफ्नाे क्षेत्रबाट कार्य गर्नका लागि जलन सचेतना कार्यलाई अगाडि बढाउनु पर्ने र जलनकाे यस्ताे अदृश्य स्वास्थ्य समस्या सामना गर्न सबैकाे सहयाेग र सहकार्य हुनु पर्नेमा कुरामा जाेड दिदै नेपालमा जलन राेकथाम र न्यूनिकरणका लागि नेपाल जलन फाउण्डेशनले प्रत्येक बर्ष देशभर विभिन्न कार्य गर्दै आएकाे र जलन न्यूनिकरणका लागि राष्ट्रिय पाठ्यक्रममा यस सम्बन्धित बिषय बस्तु समेट्न सरकारलाई ध्यानाकर्षण गराउने र समाजमा घट्ने यस्ता घटनाकाे सबैले उजागर गर्नु पर्ने र कानून कार्यान्वनमा जाेड  दिनु पर्ने कुरा बताउनु भयो । सप्ताहव्यापी कार्यक्रमकाे अन्तिम दिन  कार्यक्रम सफल पार्न सहयाेग पुर्याउनु  हुने सबै प्रति धन्यवाद दिदै सहयाेगी संघसस्थालाई सम्मानपत्र,  जलन याेद्वा र जलन पीडितमा लागि सदा लाग्नु हुने अस्पताल र स्वास्थ्यकर्मीहरूलाई सम्मान गर्दै आउदा दिनमा पनि जलन पीडितका लागि र जलनका क्षेत्रमा लागि पर्न आह्वान गर्दै सप्ताव्यापी कार्यक्रम समापन भएकाे थियाे । 

View : 117

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved