विराटनगर — स्वास्थ्य प्रवर्द्धनमा सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सरोकारवालाको भूमिकाबारे मंगलबार विराटनगरमा प्यानल छलफल सम्पन्न भएको छ।
स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा जनस्वास्थ्य विज्ञ तथा नेपाल जनस्वास्थ्य संघका पूर्व अध्यक्ष भोगेन्द्र राज डोटेल, अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. राम हरि रेग्मी, नगरपालिका संघ कोशी संयोजक दिल प्रसाद राई, अफिन प्रदेश अध्यक्ष डा. शंकर अधिकारी र पत्रकार महासंघ प्रदेश उपाध्यक्ष कुमुद अधिकारीले स्वास्थ्य क्षेत्रमा सञ्चारकर्मी र स्वास्थ्यकर्मीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
प्यानल छलफलमा वक्ताहरूले स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीय तह, स्वास्थ्यकर्मी र सञ्चारकर्मीबीचको समन्वयलाई मजबुत पार्नुपर्ने धारणा राखेका थिए। कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पनि मन्त्रालय सेवा विस्तार र सुधारमा प्रतिबद्ध रहेको बताए।
कार्यक्रमको सञ्चालन जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले गरेका थिए।
View : 221
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved