Biratnagar, Morang, Nepal
प्रदेश

सहकारीपीडितलाई वचत फिर्तामा कोशी प्रदेश सबैभन्दा अगाडि

-
अखवारका कुरा
२४ वैशाख २०८३, बिहिवार

Advertisement

समस्याग्रस्त सहकारी व्यवस्थापन समिती कोशी प्रदेशले प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको अम्बे-कोशी वचत तथा ऋण सहकारी सस्थाका पीडितहरुको वचत फिर्ता  र ऋण असुलीको कार्यलाई तीव्रताका साथ अघि बढाएको छ । 

समितीले दोस्रो चरणको वचत फिर्ता प्रक्रिया अन्तर्गत रु.२०,०००/- माथी रु.१,००,०००/ मुनिसम्मका ३३९ जना वचतकर्ताहरुलाई रु.२०,०००/- का  दरले फिर्ता प्रक्रिया अघि बढाएको समितीका सदस्य जीवन काफ्लेले जानकारी दिए। 

समितीले पहिलो चरणमा ३१२ जना २०,०००/- मुनि वचत हुने वचतकर्ताहरुलाइ पनि रकम भुक्तानी गरिसकेको कुरा सदस्य काफ्लेले जनाए। 

समितीले वचतकर्ताको वचतबाट पनि रु. २ करोड ५२ लाख ४४ हजार बराबरको ऋण मिलान गरिसकेको र आगामी दिनमा ऋण असुलिको कार्यलाई अझ प्रभावकारी बनाइ वचत फिर्तालाई थप सहज बनाउने कार्यमा समिती अघि बढेको कुरा समितीका अध्यक्ष भरत बहादुर थापाले बताए। 

समितीले आहिले सम्म रु. ३ करोड ५० लाख ८१ हजार बराबरको वचतकर्ताहरुको रकम फिर्ता गरिसकेको छ ।

View : 45

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved