रतुवामाई विराटनगर समाज
विराटनगर : रतुवामाईमा जन्मिएर विराटनगरलाई कर्मभूमि बनाएका स्थानीयहरुको साझा संस्था रतुवामाई विराटनगर समाजले आज भव्य समारोहबीच स्मारिका विमोचन गरेको छ।
उत्साह र गर्वले भरिएको कार्यक्रममा विमोचित स्मारिकाले रतुवामाई नगरपालिकाको भूगोल, इतिहास, संस्कृति र पहिचानलाई उजागर गरेको छ। साथै, यस क्षेत्रका प्रबुद्ध स्रष्टाहरूका साहित्यिक सिर्जनाहरूलाई पनि सम्मानपूर्वक समेटिएको छ।
स्मारिका सम्पादन समितिका संयोजक चन्द्रप्रसाद कट्टेलले मन्तव्य राख्दै भने,"यो स्मारिका केवल कागजको दस्तावेज होइन, रतुवामाईको आत्मा बोकेको ऐतिहासिक सम्पत्ति हो।"
प्रमुख अतिथि रतुवामाई नगरपालिकाका मेयर नगेन्द्रप्रसाद सिंहले शुभकामना दिदै भने
"समृद्ध रतुवामाई हाम्रो साझा सपना हो। यस्ता दस्तावेजहरूले हाम्रो इतिहासलाई जगेर्ना गर्नुका साथै नयाँ पुस्तालाई प्रेरणा दिनेछन्। नगरपालिका सधैं यस्ता सकारात्मक पहलसँग सहकार्य गर्न तत्पर छ।"
विशिष्ट अतिथि पूर्व मेयर रविन राई र प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बरालले पनि रतुवामाई बिराटनगर समाजको योगदानको उच्च प्रशंसा गरेका थिए ।
समाजका अध्यक्ष विष्णुराज लामिछानेका अनुसार
रतुवामाईका स्थायी बासिन्दा जहाँ भए पनि रगतमा रतुवामाइ नै बगिरहेको महसुस गर्दै स्मारिका मार्फत माटो, संस्कृति र पहिचानलाई सँगालेर नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरिएको छ ।
समारोह रतुवामाई बिराटनगर समाजका अध्यक्ष विष्णुराज लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो। अन्त्यमा, धन्यवाद ज्ञापन गर्दै समाजले आगामी दिनमा अझ धेरै सकारात्मक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।
View : 780
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved