Biratnagar, Morang, Nepal
+977-9708590006
स्वास्थ

मृत्यु पछि आँखा दान , पुन्यको काम ,आँखा दान गर्न अभिप्रेरित गरौं : कोशी प्रदेश सभामुख बिष्ट

-
अखवारका कुरा
२९ भदौ २०८१, शनिवार

बार्षिक उत्सवलाई सम्बोधन गर्दै कोशी प्रदेशका सभामुख

Advertisement


विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले मृत्यु पछि नेत्र दान गर्न सबैलाई प्रेरित गर्नुपर्ने बताएका छन् । विराटनगर आँखा अस्पतालको १८ औँ वार्षिकोत्सवमा बोल्दै सभामुख विष्टले यस्तो बताएका हुन् । 

उनले भने, ‘हाम्रो जस्तो मुलुकमा यसको बारेमा थप सचेतना पुर्याउन आवश्यक छ । मृत्यु पछि आँखा दान गर्न अस्पतालले खेलेको भुमिका उल्लेख्य छ ।’

आँखा दानको बारेमा सबैसामु सचेतना पुर्याउन सहकार्य गरेर अगाडी बढ्ने उनले बताए । 

अस्पतालले मेहनत गरेर प्रशंसनीय काम गरेको उनले उल्लेख गरे । अस्पतालको सेवा सबैसामु पुर्याउन आफूले सकेको काम गर्ने उनले उद्घोष गरे । 

१७ वर्षको अवधिमा ३ लाख १३ हजार ५८१ विरामीको आँखा जाँच गरेकोमा ६९ हजार १२७ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । यसैगरी दृष्टिबिहीनताका न्यूनिकरणका लागि समुदायमा विभिन्न कार्यक्रम गर्दै आएको अस्पतालले जनाएको छ ।

View : 193

Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved