निलाको प्रेरणादायी कथा
विराटनगर । अखवारका कुरा । 
खुशी खोज्न अन्त कतै धाउनुपर्दैन, खुशी त मनभित्रै हुन्छ। त्यो पनि निश्चल र सफा हृदय भएका ती व्यक्तिहरूमा, जसले साना–साना कुरामै रमाइलो र सन्तोष पाउँछन्। यस्तै सरल, निष्ठावान् र प्रेरणादायी व्यक्तित्व हुन् – झापा मेचीनगर १३  स्थायी बसोबास भएकी  निला भट्टराई।
अपांगता भएर पनि उनले आफूलाई कहिल्यै पछि परेका अनुभूत गरिनन्। बरु, समाजसेवामा निरन्तर सक्रिय भइ आफूलाई अघि बढाइन्। आफ्नो स्थानीय तहमै उनले अपांगता भएका व्यक्तिहरूका लागि घरमै आधारित शिक्षा उपलब्ध गराउने महत्वपूर्ण पहल गरेकी छिन्।
नगरपालिकाको सहयोगमा उनले ३ महिनासम्म विद्यालय पुग्न नसकेका तर पढ्न चाहना र रहर राख्ने व्यक्तिहरूलाई निःशुल्क आधारभूत शिक्षा प्रदान गरिन्। यस प्रयासबाट निला आफैंले आफ्नो मनोबल उच्च बनाउन सफल भएको महसुस गरिन् भने ती विद्यार्थी र उनका परिवार पनि उनको सेवाबाट प्रसन्न र प्रेरित बने।
उनको यो योगदानले स्थानीय स्तरमै मात्र नभई व्यापक समाजलाई पनि सन्देश दिन्छ – साँचो सेवा भनेको कठिनाइका बीचमा पनि अरूको जीवनमा उज्यालो थप्ने कार्य हो। निला भट्टराई आजको पुस्ताका लागि एक प्रेरणादायी नाम बनिन्।
View : 153
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved