“हरियो खेत र अस्ताउँदै घामको बीच, हाम्रो गाउँको छठ घाटमा आज साँझको अर्घ्य — आस्थाको उज्यालोले पूरै आकाश रंगिएको थियोे ।”
गाउँका घाटहरूमा आ-आफ्नै विविधता हुन्छ । यहाँ कसैले ठेक्का दिएको टेन्ट वा डेकोरेटरको सजावट हुँदैन । सबैले आफ्नाे घाट आफैंले बनाएका हुन्छन् । र त्यसलाई आफैंले  सिँगारिएका  हुन्छन् । बाँस, केराकाे बाेटबाट बनाएका मण्डपहरु, गाेवरले लिपिएर रंङ्गाेलीले सजाएका आँगनहरू, रंगीन कागजका झिल्लीहरू र दीपको उज्यालो , सबैमा आत्मीय श्रम मिसिएको हुन्छ ।
छठ समितिहरू पनि शहरका जस्तो ठूला बजेटका हुँदैनन् । उनीहरू सरसफाइ, गेट, टेन्ट, पानी र बत्तीको मात्रै सामान्य व्यवस्था गर्छन् । त्यसकै लागि हरेक परिवारले सय–दुई सय रूपैयाँ दिएर सहयोग गर्छन् । त्यो पनि उत्साहसाथ, करकापले अशुल गरिने शुल्क हुदैनन् ।
रात पर्नासाथ घाटहरू अझै जीवित भइहाल्छन् । कतै भजन, कतै कीर्तन, अनि कतै प्रोजेक्टरमा प्रदर्शन भइरहेका छठका दृश्य । महिलाहरूको गीत, ठाेलको ताल, र पानीमा टल्किएको चन्द्रमा र झिलिमिलिकाे उज्यालो , सबैले वातावरणलाई पवित्र र रमाइलो बनाइदिन्छन् । युवाहरू त यसैबीच डाइस खेल्दै हाँस्य–ठट्टामा मस्त हुन्छन् ।
गाउँको छठमा त्यो भव्यता भन्दा पनि अपनत्व हुन्छ । जहाँ आस्थासँगै मिल्छ माटोको सुगन्ध र मानिसहरूको सहकार्यको सुगन्धले भरिएकाे हुन्छ ।
View : 103
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved