Biratnagar, Morang, Nepal
देश

खुम्बुमा जलवायु न्यायका लागि विज्ञको ऐतिहासिक छलफल, हिमाल जोगाउन दिए यस्तो सुझाव

-
अखवारका कुरा
८ वैशाख २०८३, मङ्गलवार

Advertisement

सोलुखुम्बु, गोक्यो । जलवायु परिवर्तनका बढ्दो असरबारे प्रत्यक्ष अध्ययन, बहस र समाधान खोज्ने उद्देश्यले खुम्बुको गोक्यो बेस क्यापसमा सोमबार विशेष संवाद सम्पन्न भएको छ ।

उक्त कार्यक्रम मा हिमनदी विज्ञ अरुणभक्त श्रेष्ठले हरित गृह ग्यासको वृद्धि र त्यसबाट उत्पन्न जलवायु परिवर्तन भएको उल्लेख गर्दै सन् द्दण्द्दघ यता तापक्रम वृद्धि, हिमनदी पग्लिने दरमा तीव्रता, पानीका मुहान सुक्दै जानु र अनियमित वर्षाजस्ता समस्याले अवस्था अझ गम्भीर बनेको बताए ।
उनले भने, ‘जलवायु परिवर्तन बुझ्न विज्ञान मात्र पर्याप्त छैन, स्थानीय समुदायको ज्ञानसँग जोड्न सके मात्र दिगो समाधान सम्भव हुन्छ ।’

गोक्यो क्याङमिट समिटका क्रममा खुम्बु पुगेका ३१ जना विज्ञ, अनुसन्धानकर्ता, सामाजिक अभियन्ता र सञ्चारकर्मीको उल्लेखनीय सहभागितामा साथसाथै संस्थाले उक्त संवाद आयोजना गरेको हो । सोही कार्यक्रममा सहभागी हुँदै नवीकरणीय ऊर्जाका अनुसन्धानकर्ता कुशल गुरुङले दाउराको प्रयोग घट्दै गए पनि दिगो ऊर्जातर्फको सङ्क्रमण अझ तीव्र हुनुपर्नेमा जोड दिए । उनले सोलार सहितको वैकल्पिक ऊर्जामा सबैले जोड दिनुपर्ने सुझाव दिए ।

यस्तै छलफलमा बाल्दै जेन्डर अनुसन्धानकर्ता समा श्रेष्ठले जलवायु परिवर्तनको प्रत्यक्ष असर महिला तथा बालबालिकामा बढी पर्ने बताइन् । साथै प्रजनन स्वास्थ्य बढी प्रभाव पर्ने भएकाले सरकारले महिलाको सवालमा विशेष नीति बनाउनु पर्ने कुरालाई जोड दिइन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्व उपसभामुख इन्दिरा राना मगर, सामाजिक अभियन्ता टासी लाजुम, सगरमाथा आरोही तेम्बाछिरी शेर्पा तथा सञ्चारकर्मी सहितको सहभागिता छ । आयोजक संस्था साथसाथैकी अध्यक्ष प्रजिता कार्कीका अनुसार यो कार्यक्रम केवल छलफलका लागि मात्र होइन, हिमाल जोगाउने दीर्घकालीन अभियानको आधार तयार गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो । विज्ञहरूको सुझाव सहित गोक्यो घोषणापत्र जारी गरेर विभिन्न तहका सरकारलाई बुझाउने तयारी रहेको आयोजक साथसाथैका संस्थापक सदस्य बालकृष्ण बस्नेतले जानकरी दिए ।

विश्व पृथ्वी दिवसको दिन वैशाख ९ गते टोलीले विशेष घोषणापत्र जारी गर्दै गोक्यो क्याईमेट समिट गर्दै छ । यो कार्यक्रम लाई खुम्बु पासाङल्यामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ, एनसीएल, विद्युतीय गाडी (बि वाई डी )सहितले सहकार्य गरेका छन् ।

View : 32

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved