Biratnagar, Morang, Nepal
खेलकुद

हिसान क्रिकेट : अर्किड र कान्तिपुर विजयी

१० माघ २०८२, शनिवार

Advertisement

 

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत आज भएको क्रिकेटमा अर्किड कलेज र कान्तिपुर कलेज विजयी भएका छन् ।

जुट मिल खेल मैदान भएको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई ६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २० रनको योगफल तयार पारेको थियो ।अर्किडका लागि इफ्रादी मियाँले २८ रन जोड्दा कृष्ण यादवले २५ रन जोडे । भानुका सुर्जी सिंहले सर्वाधिक ३ विकेट लिए ।

जवाफमा १ सय ३१ रनको लक्ष्य पाएको भानुले ९ विकेटको नोक्सानीमा १ सय २४ रन मात्र बनाउँन सक्यो । भानुका महमद इर्शादले सर्वाधिक ३२ रनकोे योगदान दिए । अर्किडका प्लेयर अफ म्याच कृष्ण यादव भएका छन् उनले २ विकेट लिँदा रियाज मियाँ र नन्दकिशोर यादवले पनि २–२ विकेट लिएका थिए ।

दोस्रो खेलमा कान्तिपुर कलेजले मेरिल्याण्ड कलेजलाई २१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित १६ ओभरमा ८ विकेट गुमाई १ सय २५ रनको योगफल तयार पारेको थियो । कान्तिपुरका लागि जयप्रकाश यादवले सर्वाधिक २६ रनको योगदान दिए ।

जवाफमा १ सय २६ रनको लक्ष्य पाएको मेरिल्याण्डले पुरै अभेर खेल्दै ७ विकेटको नोक्सानीमा १ सय ४ रन मात्र बनाउँन सक्यो । मेरिल्याण्डका निरज यादवले सर्वाधिक २५ रनकोे योगदान दिए । कान्तिपुरका प्लेयर अफ म्याच सन्तोष गुप्ताले ३ विकेट लिए ।

माघ १७ गतेसम्म हुने प्रतियोगिता मोरङ  जिल्ला भरिका ३० हजार खेलाडी सहभागिहुने अध्यक्ष अमित ढकालले बताएका छन् ।

View : 62

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved