Biratnagar, Morang, Nepal
राजनीति

पर्यटन समितिको बैठकमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल

-
अखवारका कुरा
१२ जेठ २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन मन्त्री खडक राज पौडेलको उपस्थितिमा मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल भएको समिति सभापति सुम्नीमा उदासले जानकारी दिइन् ।
उनले भनिन्,‘आज पहिलोपटक पर्यटन मन्त्रीको उपस्थितिमा बजेट र कार्यविधिको विषयमा छलफल भयो । उहाँको प्राथमिकता के मा छ भन्ने कुराहरु प्रश्नोत्तरमा भएको थियो । अन्तराष्ट्रिय एयरपोर्टलाई अपडेट गर्नुपर्ने कुराहरु,म्युजियमका कुराहरु लगायत विषयमा छलफलमा भयो । त्यस्तो निर्देशन नै दिनुपर्ने केही भएन ।’

View : 19

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved