विराटनगर : अधिवक्ता विकास थापा लायन्स क्लब अफ विराटनगर डाईनोको अध्यक्षमा निर्वाचित भएका छन्। हालै सम्पन्न वार्षिक अधिवेशन तथा निर्वाचन प्रक्रियाबाट अध्यक्षमा चयन भएका थापा होटल मनास्लु इनमा आयोजित विशेष पदस्थापना कार्यक्रममा औपचारिक रूपमा पदस्थापित भएका हुन्।
थापा सहित पदाधिकारीहरूलाई लायन्स क्लब इन्टरनेशनल ३२५ ‘सी’ का डिस्ट्रीक्ट गभर्नर बबरजङ्ग थापाले सपथ गराएका थिए। सोही कार्यक्रममा डाइनो सहितका विभिन्न ९ वटा लायन्स क्लबहरूको पदस्थापना सम्पन्न भएको थियो।
सामाजिक सेवा र नेतृत्व विकासमा सक्रिय थापाले क्लबलाई अझ प्रभावकारी बनाउन प्रतिबद्धता जनाए। उनले आफ्नो नेतृत्वकालमा शिक्षा, स्वास्थ्य, सरसफाइ र युवा सशक्तिकरणलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम अघि बढाउने योजना रहेको बताए।
थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको क्लबले आगामी वर्ष स्थानीयस्तरमा विविध सामाजिक अभियान सञ्चालन गर्ने तयारी गरेको छ।
लायन्स क्लब इन्टरनेशनलअन्तर्गत क्रियाशील विराटनगर डाईनोले विगतका वर्षमा पनि स्वास्थ्य शिविर, शैक्षिक सहयोग र सरसफाइ अभियानमार्फत समुदायमा उल्लेखनीय योगदान गर्दै आएको छ।
View : 1654
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved